काठमाडौँमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

0 Shares

काठमाडौँ । काठमाडौँ महानगर १४ कलंकीको खसी बजारमा मोटरसाइकलको ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्कर दिँदा दक्षिणकाली नगरपालिका १ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मृत्यु भएको हो ।

उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सम्बन्धित समाचार