बाबुरामले भने -उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए

0 Shares

 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ । साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन्’ डा। भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको उनको तर्क छ । उनी लेख्छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’

सम्बन्धित समाचार