हुम्लाको सर्केगाडमा माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा

0 Shares

 

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादीकी उम्मेदवार देवकी तिमिल्सिनाले १३८५ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका उम्मेदवार सविता बुढाले १३५२ मत ल्याएकी छन् । माओवादीकी तिमिल्सेनाले ३३ मतले अग्रता लिएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार जाना शाहीले १०८४ मत ल्याएकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवारले ४८ मत ल्याउँदा रास्वपाका उम्मेदवारले १६ मत ल्याएका छन् । सो गाउँपालिकाको अब एउटा वडा गणना गर्न बाँकी छ। सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको थियो । उनी माओवादीबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार