तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

0 Shares

काठमाडौं । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहने भएको छ । सोमबार राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने भएको छ ।

सम्बन्धित समाचार