एनपीएलमा पहिलो छक्का प्रहार गर्ने नेपाली सन्दीप, पहिलो विकेट कसले लिए ?

0 Shares

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो छक्का प्रहार गर्ने नेपाली खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले चार बल खेलेर एक छक्काको मद्दतमा ७ रन बनाएर आउट भएका थिए ।

यस्तै, पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज सम्पन्न भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् ।

प्रतियोगितामा पहिलो छक्का प्रहार गर्ने खेलाडीमा न्युजिल्याण्डका मार्टिन गुप्टिलले आफ्नो नाम लेखाए । एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा पनि उनको नाम बनेको छ ।

यस्तै, एनपीएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बल खेल्दै एक चौकासहित पाँच रन बनाएर आउट भएका थिए ।

यसैगरी, एनपीएलमा पहिलो जित निकाल्ने टोली जनकपुर बोल्ट्स बनेको छ । विराटनगर किङ्ग्सले दिएको १२८ रनको लक्ष्य जनकपुरले दुई विकेट गुमाएर पूरा गर्दै जित निकालेको हो ।

सम्बन्धित समाचार