0
Shares
काठमाडौं । मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा पूर्व पश्चिम राजमार्ग अवरूद्ध भएको छ।
बिहीबार बिहान सवा १० बजे हेटौंडा उपमहानगरपालिका(१५ चुरियामाईस्थित पूर्व(पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कन्टेनर पल्टिएको हो।
प्र.२०३००१ख ६७३८ नं.को कन्टेनर पल्टिँदा राजमार्ग अवरूद्ध बनेको छ। चालक मकवानपुर मनहरी गा.पा. ६ बस्ने बर्ष ३० को महेश मक्तान दाहिने हातमा चोट लागेको छ।
क्रेनले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।