0
Shares
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौ जनालाई पक्राउ परेका छन् ।
काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको स्थानमा विरोध प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीसमेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई तत्काल रिहा गर्न पार्टीले माग गरेको छ । पक्राउ परेकालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।