नेपाल टेलिकमको टावरमा बम विष्फोट

0 Shares

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा विष्फोट भएको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावरमा विष्फोट भएको हो ।

विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार