0
Shares
काठमाडौँ । रसुवाको कालिका गाउँपालिका १ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका ३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानमा उनी भरियामात्रै रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए ।
लामाले चलाएको मोटरसाइकलाई शंका लागेर जाँच गरेको प्रहरीले जनाएको छ । उनले लगाएको जुत्ताको सोलमा दुई किलो सुन भेटिएको हो ।