काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

0 Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २।६ म्याग्निच्युड मापन भएको छ ।

 

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

सम्बन्धित समाचार