0
Shares
काठमाडौँ । गत असोज १० देखि १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि स्थानीयबासीले सास्ती पाएका छन् ।
रामेछापको खाँडादेवी गाँउपालिका ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट विद्यार्थीसहित स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न जाने विद्यार्थी बढी मारमा परेका छन् । कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी र किसान यो पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।