प्रधानमन्त्रीको बारेमा बोलेपछि दुर्गा प्रसाईं पक्राउ

0 Shares

काठमाडौँ । दुर्गा प्रसाईंलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको छ । उनलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले कानूनी कारबाही गर्नका लागि पक्राउ परेको जनाएको छ । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अफवाह फैलाएका थिए ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पठाइने भएको छ ।

सम्बन्धित समाचार