विद्यार्थीको मृत्यु भएपछि स्कुल बसमा आगजनी

0 Shares

काठमाडौँ । कोशी राजमार्गको इटहरी खनारस्थित शान्तिचौकमा दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।

काकडभिट्टाबाट विराटनगर आउँदै गरेको प्रदेश १-०१-००१ ख ४५७४ नम्बरको बसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएको थियो । उनको घटना स्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रणमा लिएर आगो लगाइदिएका थिए । सोही क्रममा भीड नियन्त्रण गर्ने क्रममा प्रहरी घाइते भएका छन् ।

सम्बन्धित समाचार