कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

0 Shares

काठमाडौँ — नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा कांग्रेसका तर्फबाट कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस वागमती प्रदेश समितिको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति समेत हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।

यहाँ नेकपा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित समाचार

ताजा अपडेट