उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

0 Shares

काठमाडौँ । उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बिहीबार भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप दुर्घटना भएको हो ।

को। १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको मैनामैनीमा सडकबाट ५०० मिटर तल खसेको थियो । जिपमा सवार १४ जनामध्ये घटनास्थलबाट नै ७ जनाको शव भेटिएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ८ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

जिप दुर्घटनामा चालक र अन्य ६ जना यात्रुको मृत्यु भएको छ । चालकको नाम मानबहादुर बस्नेत रहेको खुलेको छ । अन्य मृतकहरूको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण पनि हालसम्म खुलेको छैन । उक्त जिपमा अधिकांश यात्रु भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका रहेका थिए ।

सम्बन्धित समाचार