प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले १५७ मत पाएका हुन् । विपक्षमा ११० मत खसेको छ ।

प्रधानमन्त्रीको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित दलहरूका सांसदले विश्वासको मत दिएका थिए ।

विं.सं. २०७९ पुस १० मा प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले सोही महिनाको २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री चयनका बेला बनेको गठबन्धन भत्किएसँगै प्रचण्डले चैत्र ६ मा दोस्रो पटक विश्वास कांग्रेससँगको गठबन्धनमा मत लिएका थिए ।

सम्बन्धित समाचार