कामना सेवा विकास बैंकको नाफामा व्यापक सुधार, खुद नाफा कति ?

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिमा ४६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो।

चालु आ।व।को असोज मसान्तसम्म बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४६.४० प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा मात्रै ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६७ प्रतिशत वृद्धि भई ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा पनि बैंकको यस्तो आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ मात्रै रहेको थियो ।

यता, बैंकको संचालना नाफामा पनि ४२.५६ प्रतिशत वृद्धि भएको देखिन्छ। गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो नाफा २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै समिक्षा अवधिमा बैंकको निक्षेप संकलन पनि २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्नुले नै खुद नाफा बढ्न गएको देखिन्छछ। फलस्वरुप बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ ।

वितरणयोग्य इपिएस २३.९१ पैसा रहेको छ। प्रति शेयर नेटवर्थ १५४.२१ रहेको छ। यसैगरी बैंकको वेशरेट यो अवधिमा ८.२३ प्रतिशत कायम भएको छ। सिडि रेसियो ८३.७१ प्रतिशत रहेको छ।

बैंकको खराब कर्जा ३।९६ प्रतिशत देखिन्छ । यद्यपी खुद खराब कर्जा कुल कर्जाको मात्रै १।६४ प्रतिशत रहेको छ। त्यसका लागि पनि बैंकले १०४ प्रतिशत प्रोभिजन गरेको देखिन्छ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ राखेको छ ।

आर्थिक सुस्तताका बिच पनि बैंकले समिक्षा अवधिमा राम्रो पर्फमेन्स गरेको सार्वजनीक वित्तीय विवरणले देखाउँछ। ब्याजदर बढ्दै गएको समयमा पनि ब्याज आम्दानीमा वृद्धि, आर्थिक क्रियाकलापहरु सुस्ताएको अवस्थामा पनि कर्जा प्रवाहमा वृद्धि देखिनुले बैंकले उल्लेख्य प्रगती गरेको मान्न सकिने आधार हो।

सम्बन्धित समाचार