काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इच्छुक सर्वसाधरणलाई दिउँसोे ३ः३० देखि ५ बजेसम्म टीकाजमरा लगाउने भएका छन् । आफूले टीका लगाएपछि सर्वसारधणलाई लगाउने भएका हुन् ।
राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन ।
सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ ः ३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ ः ३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ ः ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइने छ । साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।