आज मिति २०८१ साल असोज २४ गते बिहीबार । सन् २०२४ अक्टोबर १० तारिख । आज आश्विन शुक्ल पक्ष दुर्गापक्ष सप्तमी तिथि पश्चात अष्टमी तिथि । आज बडादशैँको फूलपाती पर्व । अब सुरु गरौँ आजको राशिफल?
मेष
पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने समय छ । रोकिएका तथा साझेदारीको काम बन्नेछ भने ब्यापारमा सोचेअनुरुपको फाइदा मिल्न सक्छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदयुक्त दिन रहनेछ ।
बृष
आकस्मिक रूपले सफलता वा असफलता मिल्न सक्ने दिन छ । रुपैयापैसाको कारोबार हुने दिन छ । मनैदेखि गरेका कामहरू सफल हुनेछन् भने पहिलेका अधुरा कामहरुले पनि पूर्णता पाउने योग छ । खर्च भने केही बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख प्राप्त होला ।
मिथुन
अनावश्यक वादविवादमा फसिने सम्भावना रहेकोले आजको दिन खासै सुखानुभूति नहोला, ध्यान राख्नुहोस् । कामहरु अधुरा रहनसक्छन्, साथै स्वास्थ्यले पनि राम्रोसँग साथ नदिन सक्छ । मनमा डरले डेरा जमाउने समय छ, सावधान रहेर काम गर्नु हितकर होला । यसका बाबजुद बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट
व्यस्तता बढ्ने छ । व्यवारिक समस्याले सताउनसक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन, खटपट पर्न सक्छ, सचेत रहनुहोला । पैसाको कारोबार हुने योग छ । ऐश्वर्य वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह
आजको दिन रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने देखिन्छ । पराक्रम वृद्धि हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । नयाँ कार्य थाल्नुछ भने उति बेला छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुँदा मन रमाउला । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । दिन रमाइलोको साथ बित्नेछ ।
कन्या
सुख वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिकलाभ हुने देखिन्छ । साथीभाइसँगको कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कुनै पनि समस्याकको समाधान मिल्नेछ ।
तुला
आज गरेका कार्यहरु हतपत नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । महत्व दिएको कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । स्वास्थ्य पनि खासै सबल नरहला, ध्यान राख्नुहोला । रसरागको भाव वृद्धि हुने समय छ ।
बृश्चिक
रोकिएका कामहरु बन्न थाल्ने समय छ । जोश–जाँगरमा सुधार आउला । आफन्त एवम् मित्रजनले साथ–सहयोग दिनाले मुरादाअनुसारको काममा प्रगति होला । परिआएका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउला । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ ।
धनु
आर्थिक उपार्जनको दृष्टिले धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम खेर नजाने दिन रहकोले सक्दो प्रयास र जाँगर बढाउनु हितकर होला । प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर
मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । यात्रागत कार्यको लागि उचित बेला छ । लाभदायक यात्रा हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । दैनिक प्रयोगका सरसामान बिग्रेर दुःख मिल्न सक्छ, होसियार रहनुहोला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । समस्यामा नियमकानूनले साथ दिनेछ ।
कुम्भ
दौडधुप बढ्नेछ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने समय छ । खर्च पनि केही बढ्ला । बढी खर्चले गर्दा मन अशान्त बन्न सक्छ, धैर्य राख्ने कोशिस गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । सरसापटमा लगाएको पैसा चाहेरपनि आज फिर्ता नहुने प्रवलता छ ।
मीन
आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, तर आज त्यसै–त्यसै समय अलमल गराउने खालको छ । महत्वपूर्ण कार्यमा पनि मन नजान सक्छ । परिवारबाट भने सुख मिल्ने देखिन्छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव कायम रहला । जोखिम र खर्च बढ्ने योग रहेकोले सावधान रहनुहोला ।