0
Shares
काठमाडौं । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङमा रहेको नेपाली टोलीले आज घरेलु टिमसँग खेल्न भएको छ ।
हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ । सिरिजमा नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी छ ।
त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्ने छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
नेपालले हिजो हङकङसँग मैत्रीपूर्ण खेलेको खेलमा पराजित भएको थियो । खेलमा नेपाल ७३ रनले पराजित भएको हो ।
हङकङले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १३९ रनमा अलाआउट भएको थियो ।