जितका लागि नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य

0 Shares

काठमाडौं । नेपालविरुद्धको टी २० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हङकङले २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

बाबर हायातले शतक बनाउँदा विशाल लक्ष्य खडा भएको हो । उनले ४९ बलमा ११० रन बनाए । यस क्रममा उनले तीन चौका चौका र १३ छक्का हाने । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए ।

अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए ।

नेपालका लागि आकाश चन्दले तीन विकेट लिए । यस्तै, रसिद खान, आशिफ शेख र प्रतिश जिसीले एक-एक विकेट हात पारे ।

त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ ।

सम्बन्धित समाचार