सर्वोच्चमा दुई न्यायाधीशको नाम सिफारिस

0 Shares

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम टुंग्याएको छ । उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो । हाल सर्वोच्चमा चार न्यायाधीश रिक्त रहेको छ ।

केही महिनामा थप दुई न्यायाधीश रिक्त हुने भए पनि अरू पद रिक्त राखेर दुई जनालाई मात्रै न्यायाधीशमा सिफारिस गरिएको हो ।

परिषद्ले बैठक सुरु भएसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा धर्ना बसेर विरोध गरेका थियो । आफूहरूको माग सम्बोधनबिना सिफारिस गरिएको भन्दै नेपाल बार विरोध गरेको हो ।

सम्बन्धित समाचार