टी २० वरीयतामा नेपालका पाँच खेलाडीले हाने छलाङ, भारतीय चर्चित खेलाडीलाई धक्का

0 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ टी २० आई वरीयतामा नेपाली पाँच खेलाडीले छलाङ मारेका छन् ।

ब्याटिङ र अलराउण्डर दुवैतर्फ नेपाली खेलाडीले छलाङ हान्दै ठूलो उपलब्धि हात पारेको हो । टी २० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकैपटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा उक्लिए ।

रोहित भन्दापछि भारतका इशान किशन र शुभमन गिल पछाडि रहे । किशन ५५ औँ स्थान हुँदा गिल ६५ औँ स्थानमा छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औँ स्थानमा उक्लिए । ७० औँ स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक पाए ।

अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरीले एकैपटक ४८ स्थान सुधार गर्दै २७ औँ स्थानमा छन् । कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औँ स्थानमा छन् । श्रीलंकाका धनञ्जय डि सिल्भा पनि ३५ औँ स्थानमा छन् । यी दुवैको समान ९४ अंक छ ।

अलराउण्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औँ स्थानमा छन् । सोही स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्याण्डका ब्यारी म्याकार्थी र वेस्टइण्डिजका कायल मेयर्स छन् ।

अलराउण्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औँ स्थानमा छन् । अलराउण्डरतर्फ रोहित पौडेलले एकैपटक ८८ स्थान सुधार गर्दै ९२ औँ स्थानमा छन् ।

बलिङको शीर्ष सयमा नेपालका कुनै पनि नेपाली खेलाडी छैनन् ।
टी २० आई वरीयतामा नेपाल १६ औँ स्थानमा यथावत छ । नेपालको रेटिङ प्वाइन्ट १७५ छ ।

युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औँ, नेपालभन्दा अघि नेदरल्यान्ड्स १८४ रेटिङ अंकका साथ १५ औँ स्थानमा छ ।

ओडीआईतर्फ नेपाल १५ औं स्थानमा यथावत छ । ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औँ स्थानमा छन् । आसिफ शेख ७३ औँ र रोहित पौडेल ९५ औँ स्थानमा यथावत छन् ।

दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औँ स्थानमा छन् ।

सोमपाल कामी ८० औँ र ललित राजवंशी ५४ औँ स्थानमा यथावत छन् ।

ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औँ स्थानमा छन् । सोमपाल कामी ५५ औँ र कुशल मल्ल ५१ औँ स्थानमा यथावत छन् ।

सम्बन्धित समाचार