0
Shares
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका ६ दाउन्नेमा आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी बालक शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।
निजको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।