देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला

0 Shares

काठमाडौँ । देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १७ गतेदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

यात्रुबाहक सवारी साधनका लागि देशभर लागु हुने गरी घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिने विभागले जनाएको छ । यद्धपी, अन्य कारणले कुनै बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीको बन्देज भने यथावत रहेको छ ।

उक्त बैठकले असोज १२ गते, शनिबारदेखि अग्रिम बुकिङ खुलाउने निर्णय समेत गरेको छ । यसरी, यहिँ शनिबारदेखि सर्वसाधारणहरूले सार्वजनिक सवारीको अग्रिम टिकट बुक गर्न सक्नेछन् ।

सम्बन्धित समाचार