0
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधि मण्डलका सदस्यको सहभागीता थियो ।