यो साता सुनको मूल्य वृद्धि, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा पछिल्लो कारोबारको दिन सुनको मूल्य एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । यो गत साताको तुलना वृद्धि भएको मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अघिल्लो शुक्रबारको तुलनामा प्रतितोला ८०० रुपैयाँ बढी हो । अघिल्लो शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँ रहेको थियो ।

पछिल्लो समय नेपाली बजारमा सुनकाे मूल्य भारी मात्रामा वृद्धि हुँदै आएको छ । हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको मूल्य पछिल्लो पटक एक लाख ५७ हजार १०० तोकिएको हो ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । अघिल्लो शुक्रबार एक हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी यो साता एक हजार ९१५ रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार