0
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बागमती प्रदेश अध्यक्षमा अर्जुन पौडेल २३२ मत ल्याएर निर्वाचित भएका छन् । पौडेलका निकटम प्रतिद्धन्द्धी अशोक देवकोटाले १४५ मत र सरोज भण्डारीले ६२ मत ल्याएर पराजित भएका हुन् ।
अखिल क्रान्तिकारी भित्र सर्वसम्मत प्रदेश पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनबाट प्रदेश अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष नारायाण खनालले जानकारी दिए । यस्तै उपाध्यक्षमा सन्तोष चौहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी निर्वाचित भएको उनले बताए । यस्तै अरु समावेशी उपाध्यक्षमा ममता पाण्डे र क्षेत्रकुमार लामा र्निविरोध निर्वाचित भएका थिए ।
प्रमुख सचिवमा विजय लामाले २३६ मत ल्याएर विजयी भएका छन् भने सुवास गौतमले १६९ मत ल्याएर पराजित भएको खनालले बताए । कुल मत संख्या ४५१ रहेको थियो ।