माओवादी केन्द्रीय समिति बैठक दसैँपछि मात्रै बस्ने

0 Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दसैँ पछि मात्रै हुने भएको छ । असोज पहिलो साता गर्ने भनिएको केन्द्रीय समिति बैठक दसैँ सकिएपछि बस्ने भएको हो ।
अब दसैँको चाडपवर्तको परिवेश भित्री सकेकाले बैठक सारिएको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘भौगोलिक सबै प्रदेशको परामर्श समितिको बैठक सकिएको छ । अब प्रवास, ज्येष्ठ नागरिक, सल्लाहकार परिषद् र जन वर्गीय सङ्गठनलाई समेटेर बैठक चल्ने छ । त्यसपछि केन्द्रीय समितिको बैठकमा केन्द्रित हुने छौँ’ उनले भने । दसैँ मानेपछि लगत्तै केन्द्रीय समिति बैठक बसेर गम्भीर छलफल गरिने उपाध्यायले बताए ।

असोज २ र ३ गते ज्येष्ठ नागरिक,सल्लाकार परिषद् र जन वर्गीय सङ्गठनलाई समेटेर परामर्श समितिको बैठक बस्ने उनले जानकारी दिए । प्रदेश स्तरका सबै बैठक सकिएपछि सबै सुझावलाई समेटेर दस्ताबेजको रूपमा केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरिएको छ ।

 

सम्बन्धित समाचार