0
Shares
काठमाडौँ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई “हत्या गर्ने दोस्रो प्रयास“ भएको तर उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा संलग्न भएको ठानिएका एकजना ’सम्भावित संदिग्ध’लाई हिरासतमा लिइएको उनीहरूले बताएका छन्।
’सीक्रेट सर्भिस एजेन्टहरू’ले झाडीबाट राइफलले ताक्दै गरेको देखेको र लगत्तै उनीहरूले उक्त व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प त्यहाँ गल्फ खेलिरहेका थिए।
राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ ।
(यो समाचार विविसी नेपाली सेवाबाट साभार गरिएको हो ।)