इन्जिनियरिङ क्षेत्रभित्र युवालाई ‘डिसकरेज’ गर्ने सामन्तवाद छ- मैनाली

0 Shares

काठमाडौँ । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरिङ क्षेत्र भित्र यूवालाई डिसकरेज गर्ने डर लाग्दो सामन्तवाद रहेको बताएका छन् ।

प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा उद्घाटन गर्दै मैनालीले यस्तो बताएका हुन् ।

‘इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो समान्तवाद छ, यूवालाई नमान्ने प्रवृत्ति छ, दाइ प्रथा छ, क्षमता भएका यूवाले शीर्ष पदमा उमेदवारी दिँदा कर्के नजरले हेर्ने चलन छ, यो पुरातन प्रवृति हो, मुलुकका कैयन क्षेत्रमा सक्षम युवाहरु शीर्ष नेतृत्वमा पुगेर क्षमतालाई सावित गरिसक्दा इन्जिनियरिङ क्षेत्रमा भने यूवा उमेदवार माथिल्लो पदमा उमेदवावार हुँदा हल्का रुपमा लिने उडाउने ट्रेन रहेको छ, यसलाई फेरौँ, बरु दल नहेर्नुस, हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस्,’ उनले भने ।

यस क्रममा उनले जति ठूलो भष्टाचारी, त्यति धेरै पैसा, उति धेरै भोटको परम्परा तोडेर नयाँ परिभाषा निर्माण गर्न तयार नभए इन्जिनियर्स एशोसियनको पुनर्संरचना सम्भव नभएको भन्दै युवाहरुलाई प्रथामिकताका साथ मतदान गर्न सुझाए ।

सम्बन्धित समाचार