खल्ती र गरिमा विकास बैङ्कबीच डिजिटल रूपान्तरणका लागि साझेदारी

0 Shares

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैङ्क लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत अब गरिमा विकास बैङ्कका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

उक्त साझेदारीसँगै गरिमा विकास बैङ्कका ग्राहकहरूले बिना झन्झट स्मार्ट बैङ्क एप– गरिमा डिजिटल बटुवाबाट सिधैँ खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभि, इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरु थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।

बैङ्कबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्ती बाट गरिमा विकास बैङ्कको खातामा सजिलै पठाउन पनि सक्नेछन् । उक्त सम्झौताबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५०ं बैङ्कसँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेका छ । ”

गरिमा विकास बैङ्कसँगको साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिनेमा खल्तिको विश्वास छ ।

सम्बन्धित समाचार