0
Shares
काठमाडौँ । नेकपा एमाले नेता गोकुल बास्कोटाले उपसभामुख इन्दिरा रानालाई आफू सही प्रमाणित हुन राजीनामा दिएर छानविनका लागि साथ दिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि प्रश्न उठेको भन्दै सही प्रमाणित गर्न राजीनामा दिनु पर्ने बताए । यस क्रममा आफूमाथि ७० करोड भ्रष्टाचार गरेको आरोपबारे स्मरण गरे ।
लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो हुने उनको भनाइ थियो ।
आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण गरेका उनले प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनु पर्ने जिकीर गरे ।
यस क्रममा उनले सांसदहरूमाथि प्रश्न उठ्दा के गर्ने ? भनेर कानून बनाउनु पर्नेमा जोड दिएका थिए ।