यी हुन् कांग्रेस पर्यटन विभागको सदस्यमा मनोनित सदस्यहरू

0 Shares

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

मनोनीत हुनेहरूमा खुम सुवेदी, वीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिए ।

सम्बन्धित समाचार