प्रधानमन्त्री ओलीले पाए अमेरिका भ्रमणको स्वीकृति

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी चिकित्सकलगायत रहेको बताइएको छ । प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ ।

यस्तै, आजको बैठकले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकले पारालिम्पिक्समा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम दिने निर्णय गरेको छ भने प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई दुई लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार