एनसेलको लाइसेन्स नवीकरणमाथि आजपाका अध्यक्षको आपत्ति

0 Shares

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनसेलसँग के कनेक्शन हो ? भनेर प्रश्न सोधेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कानूनविपरीत एनसेलको नवीकरण गरिएको भन्दै आपत्ति जनाए ।

‘कानूनविपरीत एनसेलको नवीकरण हुने भएछ, करदाता कार्यालयले तोकेको राजस्व नलिइकन सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो, मन्त्रिपरिषद् बैठकले किस्ताबन्दीमा राजस्व लिने गरी लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो,’ उनले भने, ‘अर्बौं अर्ब राजस्व हिनामिना हुने गरी सरकारले गरिरहेको छ, यहाँ गम्भीर प्रश्न उठेको छ, के आधार र कुन कानूनअन्तर्गत रहेर यो नवीकरण गरियो ? प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्शन छ ?’

उनले एनसेलले अर्बौं रुपैयाँ राजस्व रोकेर राखेको र सरकारलाई नबुझाएको स्मरण गराए । उनले प्रश्न गरे, ‘यदि त्यो पैसा उठेन भने वा ती विदेशी लगानीकर्ता भाग्यो भने राजश्व कसले दिने ? प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ कि पर्दैन् ? अहिलेका मन्त्रिपरिषद्का मौजुदा मन्त्रीहरु यसको जमानत बस्नु पर्छ कि पर्दैन् ?’

उनले यसबारे भालिका दिन हुने अनैतिक गतिविधिबारे अहिलेको सरकारले जिम्मेवारी लिनु पर्ने बताएका थिए ।

सम्बन्धित समाचार