टानको अध्यक्षमा माओवादीका उम्मेदवार विजयी, कांग्रेस-एमाले गठबन्धनले किन हार्यो ?

0 Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा नेकपा माअ‍ोवादी केन्द्र निकट सागर पाण्डे विजयी भएका छन् ।

पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेसभित्रै असन्तुष्ट बनेको खेमाले माओवादीका उम्मेदवार पाण्डेलाई साथ दिएको थियो । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत पाए ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका थिए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् ।

द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए । महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी हुँदा राजेन्द्र प्रसाद सुवेदी ५६ मतान्तरले पराजित भए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए ।

प्रचण्डले दिए बधाई

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो’ भन्दै अध्यक्ष पाण्डेलगायत टानमा निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिन भ्याए ।

प्रचण्डले सामूहिक तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ, हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार