0
Shares
काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले विहिवार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो । टिआरसी विधेयक राष्ट्रपतिले जारी गरेपछि लामो समयदेखि पुरा हुन नसकेको संक्रमणकालीन न्याय टुंगो लग्ने भएको छ ।
राष्ट्रपतिले टिआरसी विधेयक पारित गरेपछि अमेरिका, बेलायत लगायत १० देशले प्रेस विज्ञप्ति जारी गरेर स्वागत गरेका छन् । उनीहरुले विधेयक प्रमाणिकरण भएपनि नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।