अमेरिकामा नेपाली युवतीलाई गोली हान्ने व्यक्ति पक्राउ

0 Shares

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कमा उल्लेख गरअनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हान्ने सन्दीग्धलाई पक्राउ गरेको हो ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । पक्राउ परे पनि आरोपीको पहिचान गोप्य राखिएको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९ः४८ बजे मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार