आफैले लेखेको ‘सुसाइड नोट’मा शालीनले भनेकी थिइन्- मम्मी बाबालाई याद गर्छु भन्दिनु !

0 Shares

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ ।

साथीसमेत बस्दै आएको कोठामा आत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेकी थिइन् । उक्त नोट उनकै रहेको नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट पुष्टि भएको हो ।

उनले आत्महत्या गर्नुअघि सुसाइड नोटमा भनेकी छन्, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी १’

शालीनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि आजै अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा उनका बाबु दीपेन्द्र पोखरेल र आमा सगुन उपस्थित थिए ।

शालीनलाई चितवनको होस्टेलमा राखेर दीपेन्द्र काठमाडौंमा बस्दै आएका थिए । दीपेन्द्रसँग सम्बन्ध विच्छेद गरेर पाकिस्तानीसँग बिहे गरेकी सगुन दुबईमा बस्दै आएकी थिइन् ।

शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर होस्टलको कोठामा स्काउटको डोरी लगाएर भुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित समाचार