गायक जस्टिन बिबर र हेलीलाई पुत्र लाभ

0 Shares

काठमाडौं । क्यानडियन चर्चित गायक जस्टिन बिबर छोराका पिता बनेका छन् । जस्टिन र हेली बिबरले पुत्रलाई जन्म दिएका हुन् ।

उनीहरूले आफ्नो सामाजिक सञ्जालमार्फत आफूहरू अभिभावक बनेको बारेमा जानकारी दिएका थिए । उनीहरूले छोराको नाम ज्याक ब्लूज बिबर राखेका छन् ।

जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई करोडौँले बधाई तथा शुभकामना दिएका छन् । जस्टिनले मोडल रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।

जस्टिन अघिल्लो महिना मात्रै भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाहमा सहभागी हुन भारत आएका थिए । यस क्रममा उनको धेरै चर्चा भएको थियो ।

सम्बन्धित समाचार