बस दुर्घटना- सहचालक र चालकबाहेक सबैको शव लिएर फर्कियो भारतीय विमान

0 Shares

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जनाको शव बोकेर भारतीय वायुसेनाको जहाज फर्किएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल पुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव लिएर फर्किएको हो । जहाजले चालक र सहचालकको शव छाडेर गएको हो । उनीहरु उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइने भएको हो ।

भारतकी युवा मामिला तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्सेले पनि सोही विमानमार्फत स्वदेश फिर्ता भएकी छन् । उनी आज बिहान मात्रै घाइतेहरूले भेटेर मृतकको शव लैजान नेपाल आइपुगेकी थिइन् ।

काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको थियो । घटनामा परी २७ भारतीयको मृत्यु भएको थियो ।

घाइते भएका १६ जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

सम्बन्धित समाचार