0
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखक त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरामा दुर्घटना हुँदा घाइते भएकालाई भेट्न उनी अस्पताल पुगेका हुन् ।
गृहमन्त्री लेखक शनिबार बिहान अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा १६ जनाको उपचार भइरहेको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । घटनामा २७ जनाको मृत्यु भएको थियो । घाइतेलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
यसैबीच दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतक शव लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाने भएकी छन् ।