मोटरसाइकल दुर्घटनामा एमाले नेता तथा पूर्ववडाध्यक्षको मृत्यु

0 Shares

काठमाडौं । मोटरसाइकल दुर्घटनामा नेकपा एमालेका नेता तथा सर्लाहीको कविलासी नगरपालिका ४ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । घटनामा ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको हो ।

बरहथवा नगरपालिका १० सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा उनको निधन भएको प्रहरीले जनाएको छ । कविलासीको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति साइकलमा ठोक्किएर दुर्घटना भएको थियो । उनको घटना स्थलमै निधन भएको हो ।

घटनामा ठोक्किएको साइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै, दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी नेकपा एमाले जिल्ला कमिटीका सदस्यसमेत थिए । २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार