0
Shares
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका ४ ऐना पहरामा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरुको महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार बसमा ४३ यात्रु सवार थिए ।