0
Shares
काठमाडौं । तनहुँको आबुखैरेनीस्थित ऐना पहरामा मर्स्याङ्दी नदीमा खसेको बसका घाइतेको उद्धारका स्वास्थ्यकर्मसहित नेपाली सेनाको हेलिकप्टर पुगेको छ । गभीर घाइतेलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्थासमेत गरिएको छ ।
पोखराबाट काठमाडौंका लागि हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐना पहरा भन्ने स्थानबाट नदीमा खसेको थियो । घटनामा १४ जना यात्रुको शव निकालिएको छ । १६ जना घाइतेको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसमा ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ । दुर्घटनामा भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएका यात्रुहरू रहेका छन्र ।
यही भदौ ५ गते पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक हुन् ।