0
Shares
काठमाडौं । आँबु खैरेनीको ऐना पहरा नजिकै मर्स्याङ्दीमा बस खसेको छ । इलाका प्रहरी कार्यालय आँबु खैरेनीले बस नदीमा खसेको जनाएको हो ।
बस पानीमा आधा डुबेको अवस्थामा देखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धारका लागि घटना पुग्दै छ ।
पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।