नाडा अटो शोमा केइ ले ३ ओटा मोडेल सार्वजनिक गर्ने

0 Shares

काठमाडौँ । भदौ ११ देखि सुरु हुने नाडा अटो शो २०२४ मा केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ईमोबिलिटीले ३ वटा गाडीका मोडल लन्च गर्ने भएको छ । यसै सन्दर्भमा बिक्रेता लक्ष्मी ईमोबिलिटीले लन्च गर्दै गरेका ३ वटा गाडीका मोडलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पियन सुरु गरेको हो ।

क्याम्पियनमा सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई सोधिएका प्रश्न को उत्तर लेख्नु पर्नेछ । केइ नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज को लिंकमा क्लिक गरी सहभागिता जनाउन सकिने छ । सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् भने केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पियनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यो क्याम्पियन भाद्र ४ गतेदेखि भाद्र १० गतेसम्म चल्नेछ । आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच–१६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केईका गाडीहरुका बारे जानकारी लिन आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार