0
Shares
काठमाडौं । नागढुंगामा खसेको पहिरोले मुग्लिङ-काठमाडौं सडक अझै अवरुद्ध बनेको छ । वर्षासँगै पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध जारी भएको हो ।
नागढुंगा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।
वर्षा रोकिएपछि पहिरो पन्छाउन चार घण्टा लाग्ने बताइएको छ । बिहानदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी साधन आगमन ठप्प भएको छ ।