पाठेघरको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी महिलाको मृत्यु

0 Shares

काठमाडौं । पाठेघरको शल्यक्रिया गर्न भरतपुर अस्पतालमा पुगेकी महिलाको मृत्यु भएको छ । भरतपुर महानगर १२ की ३९ वर्षीया सम्झना काफ्लेको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो ।

पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । पाठेघरमा सिष्ट भएकाले उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

अस्पतालका अनुसार मृतक महिलाको मुटुमा पहिलेदेखि समस्या थियो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखिएको थियो ।

मृतक महिला भदौ ३ गते अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाइए पनि होस नआएको पौडेलले बताए ।

महिलाको मृत्यु भएपछि अस्पतालले आन्तरिक छानविन समिति बनाएको जनाएको छ । मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भिर लापरवाही गरेको बताएका छन् ।

सम्बन्धित समाचार